Text scrolling

त्रि.वि.वि.का कर्मचारी ,प्राध्यापक,शिक्षक तथा विद्यार्थीहरु लगायत सम्पूर्ण महानुभावहरुलाई यस वीरेन्द्र बहुमुखी क्याम्पसको तर्फबाट कर्मचारी संघ एकाइ समिति मार्फत हार्दिक स्वागत गर्न चाहन्छौ। तपाइलाई मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन हामि हार्दिक अनुरोध गर्दछौ ।

menubar

वीरेन्द्र बहुमुखी क्याम्पसमा त्रि वि कर्मचारी संघ वर्तमान एकाई कार्यसमिति

Sunday, December 9, 2018

पुस्तकालय प्रकाशन Library Publication)

आफ्नो पुस्तकालयको सङकलन सेवा सम्वन्धी जानकारी गराउन ,बढि भन्दा बढि पाठकहरुलाई पुस्तकालय तर्फ आर्कषण गराउन, तथा आफ्नो प्रचार प्रसार गर्न पुस्तकालयले विभिन्न थरिका प्रकाशन गर्ने गर्दछन् । ती मध्ये निम्नलिखित प्रकाशनहरु हुन्।
पुस्तकालय परिचय पुस्तिका (Library Brochure)
पुस्तकालय वार्षिक प्रतिवेदन (Library Annual Report)
सामयिक सचेतना प्रकाशन (Current Awareness Publication)
इन्टरनेट प्रकाशन (Internet Publication)
स्मारिका वा विशेषाङ्क प्रकाशन (Souvenir Publication) वा
पुस्तकालय तथ्याङ्क ( Library Statistics)
क) पुस्तकालय परिचय पुस्तिका(Library Brochure) ः
विभिन्न संघ संस्थाले झै कतिपय पुस्तकालयहरुले ब्रोसर प्रकाशन गरी आगन्तुकहरुलाई एवं पुस्तकालय सदस्यहरुलाई निशुल्क वितरण गर्दछन। यस्ता ब्रोसरहरुमा खासगरी पुस्तकालयको परिचय, उद्देश्य,कार्य, संकलन, प्रदान गरिने सेवा,सुविधा र भवनको फोटो सहित त्यस पुस्तकालयसम्म पुग्ने मार्ग रेखाचित्र र सम्पर्क ठेगाना आदि उल्लेख गरिएको हुन्छ। यस्तो ब्रोसर A4 नापको कागजलाई चौडाइ पट्टीबाट तिन भागमा बाडिने गरी पट्याएर तयार गरिएको हुन्छ। पेपरको एक तिहाइ अग्र भागको रुपमा  हामी तिर देखिन्छ जहाँ पुस्तकालय भवनको फोटो राखिन्छ।
ख) वार्षिक प्रतिवेदन (Library Annual Report):
प्रत्येक पर्ष प्रकाशन गरिने भएकाले वार्षिक प्रतिवेदन भनिएको हो। पुस्तकालयको विगत वर्ष भएगरेका कार्यहरु तथ्याङ्कगत रुपमा प्रस्तुत गरी पुस्तकलय समिति, माथिल्ला निकायहरु एवं दातृसंस्थाहरुलाई वितरण गर्न यो वार्षिक प्रतिवेदन प्रकाशन गरिन्छ। प्रतिवेदनको स्वरुप पुस्तकालयको कार्यक्षेत्र,स्रोत,र आकारमा भरपर्ने भएतापनि सामान्यतय ५० पृष्ठ भन्दा सानो आकारको बनाउने प्रचलन छ । प्रतिवेदनमा समावेश गरिने विवरणहरु मुख्यतः निम्नानुसार हुन्छन् ।
कर्मचारी सम्वन्धी नयाँ भर्ना, अवकाश आदि।
पुस्तकालय व्यवस्थापन कार्यसमिति सदस्य परिवर्तन,वा पुर्नगठन आदि।
पुस्तकहरु सम्वन्धी (नयाँ खरिद, उपहारबाट प्राप्त, इस्यूभएका, फिर्ता भएका, हराएका, बाइन्डिङ् भएका वा गरिएका आदि।)
पठकहरु सम्वन्धी ( आगन्तुक संख्या,नयाँ सदस्य संख्या, नविकरण संख्या, र छाडेका संख्या आदि।)
तालिम सम्वन्धी (सम्पन्न गरेका तालिमहरु,अरु तालिममा भाग लिएका विवरण्हरु आदि)
प्राविधिक र हरेक शाखाको कार्य सम्वन्धी ( पुस्तक क्लासिफीकेशन भएको संख्या,क्याटलगिङ् भएको संख्या, आदि)
आम्दानी सम्वन्धी (सदस्यता शुल्कबाट, अनुदानबाट, विलम्ब शुल्कवाट, धरौटीबाट आदि।)
ग) सामयिक सचेतना प्रकाशन (Current Awareness Publication):
पुस्तकालयले प्रकाशन गर्ने यस्ता सचेतना बुलेटिन सूचना र सम्पादित कार्यको भर अनुसार कम्तीमा चार पृष्ठ देखि चालीस पृष्ठ सम्मको हुन्छ । प्राय ः ६ महिनामा एक पटक वा वर्षदिनमा एकपटक निस्कने या बुलेटिन प्रकाशनको मुख्य उद्देश्यहरुमा ः
पुस्तकालयमा प्राप्त नयाँ पाठ्य सामाग्री एवं सूचना स्रोतबारे जानकारी गराउनु ।
पुस्तकालयमा सम्पन्न गतिविधि र कार्यक्रमहरु (प्रवचन, प्रर्दशनी, कार्यशाला  आदि)को जानकारी गराउनु।
संभव भएसम्म भविष्यमा हुने कार्यक्रमहरुको उल्लेख गर्नु।
पुस्तकालयमा प्राप्त नयाँ पुस्तकहरुबारे समीक्षा (Library Review) गर्नु। सारंशमा भन्ने हो भने पुस्तकालय र यस सम्वन्धी विविध गतिविधिहरुकोवारे पाठकहरुलाई जानकारी गराउनु हो।
घ) ईन्टरनेट प्रकाशन (Internet Publication):
इन्टरनेटमा वेवसाइट वनाएर आआफ्नो संस्थावारे जानकारी प्रस्तुत गरी प्रचार प्रसार गराउनु र व्यापार वृद्धि गर्नु आजभोलि विश्वव्यापी प्रचलन भएको छ। ब्रोसर आदि परंपरागत कागजका प्रकाशन भन्दा यो इन्टरनेट प्रकाशन छिटो, राम्रो ,अद्यावधिक र प्रभावकारी माध्यम हो। तसर्थ हरेक नाफामुखी संस्था होस या सेवामुखी संस्था, सवैले इन्टरनेटमा आ आफ्नो अलग्गै अस्तित्व बनाएर कार्यक्रम, सेवा आदिवारे जानकारी प्रकाशन गर्ने गरेका छन।

स्मारिका वा विशेषाङ्क प्रकाशन (Souvenir Publication) र
पुस्तकालय तथ्याङ्क (Library Statistics) :

तथ्य र अंक बरावर तथ्याङ्क अथवा कुनै पनि संघ संस्थामा भएका गतिविधि,कार्यहरुको वस्तुगत विवरण अंकको हिसावले गणना गरी तालिका, रेखाचित्र आदिको स्वरुपमा प्रस्तुत गरिएको सूचनालाइ नै तथ्याङ्क भनिन्छ। पुस्तकालयको उद्देश्य अनुसारका लक्ष्यहरु के कति हिसावमा प्राप्त भयो सो कुरा स्पष्टरुपले देखाउन पुस्तकालय तथ्याङ्ले ठुलो महत्व राख्दछ । अझै भन्ने हो भने तथ्याङ्क कुनै पनि प्रतिवेदनको अभिन्न अंग मानिन्छ। पुस्तकालयले तथ्याङ्मा निम्नलिखित कुराहरुको समावेश गर्नुपर्छ। सारंशमा भन्ने हो भने तथ्याङ्कलाई  Fact in Figures भनिन्छ।
पुस्तकालयमा तथ्याङ्क तयार गर्नुपर्ने शाखाहरुः
क) प्राप्ती शाखा
खरिदद्धारा प्राप्त भएका पुस्तकहरुको संख्या (पुस्तक,जर्नल,सीडिहरु, श्रव्य दृष्यका सामाग्रीहरु आदिको तथ्याङ्क)
उपहारवट प्राप्त पुस्तक संख्या
सदस्यतावापत वा सट्टापट्टा मार्फत प्राप्त पुस्तक संख्या
ख) आदान प्रदान शाखा
ईस्यु भएका जम्मा पुस्तक संख्या (विषयगत रुपमा)
फिर्ता आएका पुस्तक संख्या
फिर्ता नआएका वा फिर्ता हुन वाँकी पुस्तक संख्या
ग) प्राविधिक शाखा 
जम्मा प्राप्त पुस्तक संख्या
वर्गिकरण भएको पुस्तक संख्या
सूचिकरण भएको पुस्तक संख्या
घ) रेफ्रेन्स शाखा
पठकका प्रकारका हिसावले
पाठ्यपुस्तक तथा रेफ्रेन्स पुस्तक उपलव्धताका हिसावले
ङ) पत्रपत्रिका शाखा
प्राप्तीका हिसावले ःदैनिक,साप्ताहिक,पाक्षीक,मासिक(मासिक,वार्षिक चार्ट)
अप्राप्तीका हिसावले ःदैनिक,साप्ताहिक,पाक्षीक,मासिक(मासिक,वार्षिक चार्ट)
प्रकारका हिसावले ः दैनिक,साप्ताहिक, पाक्षीक, मासिक(मासिक,वार्षिक चार्ट)

No comments:

Post a Comment