Text scrolling

त्रि.वि.वि.का कर्मचारी ,प्राध्यापक,शिक्षक तथा विद्यार्थीहरु लगायत सम्पूर्ण महानुभावहरुलाई यस वीरेन्द्र बहुमुखी क्याम्पसको तर्फबाट कर्मचारी संघ एकाइ समिति मार्फत हार्दिक स्वागत गर्न चाहन्छौ। तपाइलाई मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन हामि हार्दिक अनुरोध गर्दछौ ।

menubar

वीरेन्द्र बहुमुखी क्याम्पसमा त्रि वि कर्मचारी संघ वर्तमान एकाई कार्यसमिति

Wednesday, November 21, 2018

विद्यापरिषद्को गठन र विद्या परिषदको स्थायी समितिः

परिच्छेद – ४० विद्यापरिषद्को गठन
१३५. विद्यापरिषद्को गठनः
(१) अध्ययन संस्थान र सङ्कायको प्राज्ञिक निकायको रूपमा काम गर्न प्रत्येक अध्ययन संस्थान र प्रत्येक सङ्कायमा बेग्लाबेग्लै एक विद्यापरिषद्रहनेछ, जसको गठन देहायबमोजिम हुनेछः
(क) डीन अध्यक्ष
(ख) विभिन्न विषय–समितिकाअध्यक्षहरू सदस्य
(ग) सम्बन्धित अध्ययन संस्थान वा सङ्कायमा कार्यरत प्राध्यापकहरू वा कम्तीमा दस वर्ष विश्वविद्यालयको स्थायी सेवामा संलग्न सो अध्ययन संस्थान वा सङ्कायसँग सम्बन्धित शिक्षकहरूमध्येबाट बढीमा पाँच जना सदस्य
(घ) विश्वविद्यालयका अनुसन्धान केन्द्रका सम्बन्धित विषयसँग सम्बन्धित कार्यकारी निर्देशकहरू मध्येबाट एकजना सदस्य
(ङ) त्रि.वि.परीक्षा नियन्त्रक सदस्य
(च) पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सदस्य
(छ) आङ्गिक क्याम्पस र सम्बन्धनप्राप्त क्याम्पसका क्याम्पस प्रमुखहरूमध्येबाट ५जना सदस्य ड्ड
(छ१) योजना महाशाखाको प्रमुख सदस्य २०६८ साल वैशाख ८ गते बसेको त्रि. वि. सभाको बैठकबाट थप व्यवस्था 
(ज) उत्पादित जनशक्ति खपत गर्ने सम्बन्धित निकायकोसमेत प्रतिनिधित्व हुनेगरी बढीमा ५ जना सदस्य (२) उपनियम (१) को खण्ड (ग), (घ), (छ) र (ज) का सदस्यहरूको मनोनयन सम्बन्धित डीनको सिफारिसमा शिक्षाध्यक्षले दुई वर्षको लागि गर्नेछ । (३)σ (४) उपनियम (१) अन्र्तगत मनोनयन भएका सम्पूर्ण मनेनीत सदस्यहरू लगातार तिन पटकभन्दा बढी मनोनयनका लागि ग्राह्य हुनेछैनन्। (५)Τ डीनले एक जना सहायक डीनलाई विद्यापरिषद्को सचिव भई काम गर्न तोक्नेछ । σ २०५६ पौष ३० गते बसेको त्रि. वि. सभाको बैठकबाट खारेज Τ २०५६ पौष ३० गते बसेको त्रि. वि. सभाको बैठकबाट संशोधन 
परिच्छेद – ४१ 
विद्यापरिषद्को काम, कर्तव्य र अधिकार
१३६. विद्यापरिषद्को काम, कर्तव्य र अधिकार ः Τ ऐन र नियमहरूको अधीनमा रही विद्यापरिषद्को काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः
(क) अध्ययन संस्थान वा सङ्कायअन्तर्गतका आङ्गिक क्याम्पस तथा सम्बन्धन प्राप्त क्याम्पसमा शिक्षण, प्रशिक्षण र अनुसन्धानसम्बन्धी कार्यक्रम नयाँ खोल्ने, थपघट, हेरफेर, समायोजन, र खारेज गर्ने सम्बन्धमा प्राज्ञिक परिषद्मा सिफारिस पठाउने ।
(ख) अध्ययन संस्थान वा सङ्कायअन्तर्गत आङ्गिक क्यम्पस नयाँ खोल्न, थपघट, हेरफेर, एकीकरण गर्न वा गाभ्न, स्थानान्तरण गर्न र विघटन गर्न प्राज्ञिक परिषद्मा सिफारिस पठाउने ।
(ग) प्राज्ञिक परिषद्ले विद्यार्थी भर्नाका लागि निर्धारण गरेको योग्यताको आधारमा विद्यार्थी प्रवेशका लागि न्यूनतम आवश्यकता, छनोटको आधार र प्रक्रिया तोक्ने ।
(घ) प्राज्ञिक परिषद्ले तोकेको शिक्षण स्तरको आधारमा विद्यार्थीले परिपूर्ति गर्नुपर्ने न्यूनतम हाजिरी प्रतिशत, एक शैक्षिक वर्षबाट अर्को शैक्षिक वर्षमा अथवा शैक्षिक वर्षको एक खण्डबाट अर्को खण्डमा प्रवेश पाउन विद्यार्थीले पु¥याउनु पर्ने शैक्षिक आवश्यकताहरू निर्धारण गर्ने ।
(ङ) मानार्थ उपाधिहरू नयाँ कायम गर्न, थपघट वा हेरफेर गर्न र खारेज गर्न प्राज्ञिक परिषद्मा सिफारिस पठाउने । (च) ज्ञान, प्रविधि तथा विज्ञान वा शैक्षिक तथा राष्ट्रिय विकासको क्षेत्रमा मौलिक योगदान दिएका विशिष्ट व्यक्तिहरूलाई आफ्ना अध्ययन Τ २०५६ पौष ३० गते बसेको त्रि. वि. सभाको बैठकबाट संशोधन  संस्थान वा सङ्कायसँग सम्बन्धित उपाधि प्रदान गर्न प्राज्ञिक परिषद्मा सिफारिस पठाउने ।
(छ)Τ उत्कृष्ट योग्यता एवम्अत्यन्त सराहनीय स्थान प्राप्त गरेका तथा अति प्रसंशनीय योगदान गरेका विशिष्ट व्यक्तिहरूलाई आफ्नो अध्ययन संस्थान वा सङ्कायसँग सम्बन्धित उपाधि प्रदान गर्ने सम्बन्धमा प्राज्ञिक परिषद्मा सिफारिस गर्ने ।
(ज) सञ्चालन गर्न पाउने शैक्षिक कार्यक्रमहरू स्पष्ट तोकी निजी क्षेत्रका क्याम्पस (महाविद्यालय) लाई स्थायी सम्बन्धन प्रदान गर्ने सम्बन्धमा प्राज्ञिक परिषद्मा सिफारिस गर्ने ।
(झ) विषय समितिहरूको राय लिई अध्ययन संस्थान, वा सङ्कायसँग सम्बन्धित विषयहरूको पाठ्यक्रम निर्धारण, अनुमोदन तथा संशोधन आदि गर्न प्राज्ञिक परिषद्मा सिफारिस पठाउने ।
(ञ) अध्ययन संस्थान वा सङ्कायको शैक्षिक कार्यक्रमसँग सम्बन्धित परीक्षाको किसिम तोक्न, हेरफेर गर्न, परीक्षासम्बन्धी सर्तहरू र अन्य व्यवस्था गर्न परीक्षासम्बन्धी निकायमार्फत सिफारिस पठाउने ।
(ट) अध्ययन संस्थान वा सङ्कायअन्तर्गतको शैक्षिक कार्यक्रमसँग सम्बन्धित अध्ययन, अध्यापन र अनुसन्धान गरिने विषयहरूमा भर्ना हुन चाहिने न्यूनतम योग्यता र आधार तोक्न सिफारिस पठाउने ।
(ठ) आङ्गिक क्याम्पसमा सञ्चालन हुने वा सञ्चालन भएका शैक्षिक कार्यक्रमहरूका निमित्त चहिने पूर्वाधारहरू र सुविधाहरू निर्धारण गर्ने र तिनको मूल्याङ्कन गर्ने । Τ २०५६ पौष ३० गते बसेको त्रि. वि. सभाको बैठकबाट संशोधन
(ड) अध्ययन संस्थान वा सङ्कायअन्तर्गतका शैक्षिक कार्यक्रमको निमित्त चाहिने न्यूनतम शिक्षक, सरसामान र सुविधाहरू निर्धारित गर्न प्राज्ञिक परिषद्मा सिफारिस गर्ने ।
(ढ) अध्ययन संस्थान वा सङ्कायअन्तर्गतका आङ्गिक क्याम्पस तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा सञ्चालित शैक्षिक तथा अनुसन्धानसम्बन्धी कार्यक्रमहरूको मूल्याङ्कन गर्ने र त्यसको आधारमा कारबाही गर्ने तथा तत्सम्बन्धी प्रतिवेदन प्राज्ञिक परिषद्मा पठाउने ।
(ण) आङ्गिक क्याम्पस, सम्बन्धनप्राप्त क्याम्पस, विषय समिति र अन्य शैक्षिक निकायबाट प्राप्त शैक्षिक नीति, योजना, र कार्यक्रमसम्बन्धी प्रस्तावउपर विचार गरी आवश्यक कारबाही वा सिफारिस गर्ने ।
(त) विषय समितिहरूलाई आवश्यक निेर्देशन र मार्गदर्शन दिने ।
(थ) प्राज्ञिक परिषद्बाट प्राप्त निर्देशन पालना गर्ने ।
(द) Τ सभा, कार्यकारी, परिषद्, प्राज्ञिक परिषद्, उपकुलपति वा शिक्षाध्यक्षले मागेका वा आफूले उचित ठानेका कुरामा सुझाव वा प्रस्ताव पठाउने र विद्यापरिषद्को स्थायी समिति गठन गर्ने ।
(ध) विश्वविद्यालयका अन्य नियम र कार्यव्यवस्थापन प्रणालीमा वा सम्बन्धित पदाधिकारीबाट तोकिएको अन्य काम गर्ने ।
(न) ७३ असार २६ गते बसेको त्रि.वि. सभाको बैठकबाट संशोधन 
१३७. विद्यापरिषद्ले निर्देशन पालन गर्नुपर्ने वाध्यताः प्राज्ञिक परिषद्ले दिएको निर्देशन पालन गर्नु विद्यापरिषद्को कर्तव्य हुनेछ ।
१३८. वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुपर्ने व्यवस्थाः विद्यापरिषद्को काम कारबाहीको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष व्यतीत भएको ३ महिनाभित्र सुझाव र सिफारिसहरूसहित डीनले प्राज्ञिक परिषद्मा प्रस्तुत गर्नेछ । त्यसपछि लगत्तै बस्ने विद्यापरिषद्को बैठकमा सो प्रतिवेदनबारे डीनले जानकारी गराउनुपर्नेछ ।
परिच्छेद – ४२
Τविद्या परिषदको स्थायी समिति
१३९. विद्या परिषदको स्थायी समितिः
(१) विद्या परिषदले  देहायका सदस्यहरू भएको विद्यापरिषद स्थायी समिति गठन गर्नेछः
(क) विद्या परिषदको अध्यक्षबाट  अध्यक्ष
(ख) विषय समितिका♦अध्यक्षहरू मध्येबाट पाँचजना सदस्य
(ग) क्याम्पस प्रमुखहरूमध्येबाट तिन जना सदस्य
(२) विद्या परिषद स्थायी समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
(क)विद्या परिषदको कामलाई निरन्तर रूपमा प्रभावकारी, सक्षम र उपदेयतापूर्ण बनाउनका लागि आवश्यक पूर्वाधार र सेवा सुविधाको सृजना र विकाससम्बन्धी काम नियमित रूपमा गर्ने गराउने,
(ख) विद्या परिषदको बैठक असाधारण र विशेष परिस्थितिको कारणले हुन नसक्ने अवस्थामा पर्याप्त र उचित कारण जनाई अविलम्ब नगरी नहुने विद्यापरिषद््को अधिकार क्षेत्रभित्रको काम गर्ने र
(ग) विद्या परिषद र शिक्षाध्यक्षबाट प्राप्त निर्देशनबमोजिमका अन्य कामहरू गर्ने गराउने ।
Τ २०५६ पौष ३० गते बसेको त्रि. वि. सभाको बैठकबाट संशोधन ♦ २०६८ साल वैशाख ८ गते बसेको त्रि. वि. सभाको बैठकबाट संशोधन
(३)विद्या परिषद तथा त्यसको बैठकका लागि यस नियमअन्तर्गत लागू हुने सिद्धान्तहरू व्यवहारमा लागू हुन सक्ने हदसम्म विद्यापरिषद्् स्थायी समितिको हकमा पनि सामान्यतः प्रयोग गर्नुपर्नेछ ।
(४)विद्या परिषद स्थायी समितिले गरेका कामहरू, निर्णयहरू तथा अन्य सम्बन्धित विषयवस्तुहरूको विवरण एवम् प्रतिवेदनको जानकारी, समीक्षा र अनुमोदनका लागि लगत्तै बस्ने विद्या परिषदको बैठकमा प्रस्तुत गर्नुपर्नेछ । 

परिच्छेद – ४३

Τविद्या परिषदको बैठकसम्बन्धी कार्यविधि
१४० बैठक अनिवार्य रूपले बस्नुपर्ने व्यवस्थाः विद्या परिषदको बैठक प्रत्येक आर्थिक वर्षमा कम्तीमा १ (एक) पटक हुनुपर्नेछ ।
१४१. बैठकका लागि गुणपूरकः विद्यापरिषद््को बैठक बस्नका लागि तत्काल बहाल रहेका सदस्य सङ्ख्याको कम्तीमा पचास प्रतिशत सदस्यहरूको उपस्थितिलाई गणपूरक सङ्ख्या मानिनेछ । त्यस्तो गणपूरक सङ्ख्या नपुगी बैठक बस्न सक्ने छैन । तर गणपूरक सङ्ख्या नपुगी बस्न नसकी पुनः बोलाइएको बैठकको निमित्त तत्काल बहाल रहेको सदस्य सङ्ख्याको कम्तीमा तेत्तिस प्रतिशत सदस्यको उपस्थितिलाई बैठक बस्नका निमित्त गणपूरक पुगेको मानिनेछ ।
१४२. बैठकसम्बन्धी सूचनाः बैठक बस्ने मिति, समय, स्थान र बैठकमा छलफल गरिने विषयसमेत स्पष्ट रूपले किटान गरी विद्या परिषदको बैठकको हकमा बैठक बस्नुभन्दा कम्तीमा १० (दस) दिन अगावै र स्थायी समितिको हकमा अध्यक्षले तोकेअनुसार सदस्यहरूलाई लिखित सूचना दिनुपर्नेछ ।
१४३. बैठक सञ्चालन विधिः बैठक सञ्चालन विधि अध्यक्षले तोकेअनुसार हुनेछ ।
१४४. निर्णय गर्ने तरिकाः विद्या परिषदको निर्णय बैठकमा उपस्थित सदस्यहरूको बहुमतबाट हुनेछ ।
१४५. निर्णयको अभिलेख राख्नुपर्ने व्यवस्थाः
(१) बैठकको निर्णयको अभिलेख व्यवस्थापन प्रणाली वा अध्यक्षले तोकेबमोजिमको ढाँचामा राखिनेछ ।
Τ २०५६ पौष ३० गते बसेको त्रि. वि. सभाको बैठकबाट संशोधन
ज्ञछज्ञ
(२) उपनियम (१) बमोजिम गरिएका निर्णयहरूमध्ये कुनै निर्णयमा चित्त नबुझ्ने सदस्यले निर्णय पुस्तिकामा कैफियत जनाई हस्ताक्षर गर्न पाउनेछ ।
१४६. निर्णय प्रमाणित गर्ने अधिकारः बैठकको निर्णय प्रमाणित गर्ने अधिकार अध्यक्षलाई हुनेछ ।
१४७. निर्णयको प्रतिलिपि पठाउनु पर्ने व्यवस्थाः बैठकको निर्णयको प्रतिलिपि सदस्यहरू, शिक्षाध्यक्ष र आवश्यकतानुसार विश्वविद्यालयका सम्बन्धित निकायहरूमा पठाउनुपर्नेछ ।
१४८. बैठकको अन्य कार्यविधिका सम्बन्धमा प्राज्ञिक परिषद संग  सम्बन्धित नियमहरू लागू हुने प्रावधानः विद्या परिषदको बैठकका सम्बन्धमा यस परिच्छेदमा लेखिएका कार्यविधिहरू यसै परिच्छेद बमोजिम र यसमा नलेखिएका कार्यविधिहरूका हकमा प्राज्ञिक परिषद््सँग सम्बन्धित नियमहरू सामान्यतः लागू हुनेछन् ।

१४९. अन्यः (१) यस नियमको उद्देश्य कार्यन्वयन गर्न कार्यकारी विद्या परिषदको स्वीकृति लिई डीनले कार्यव्यवस्थापन प्रणाली वा कार्यविधि बनाउन सक्नेछ ।
(२) विद्या परिषदको बैठक सञ्चालन भइरहेको बखत यस नियमको कुनै प्रावधानको व्याख्या गर्नुपर्ने वा बाधा–अड्काउ फुकाउनुपर्ने अवस्था परेमा अध्यक्षले र अन्य अवस्थामा शिक्षाध्यक्षले व्याख्या गर्ने र वाधा–अड्काउ फुकाउनेछ ।

No comments:

Post a Comment