Text scrolling

त्रि.वि.वि.का कर्मचारी ,प्राध्यापक,शिक्षक तथा विद्यार्थीहरु लगायत सम्पूर्ण महानुभावहरुलाई यस वीरेन्द्र बहुमुखी क्याम्पसको तर्फबाट कर्मचारी संघ एकाइ समिति मार्फत हार्दिक स्वागत गर्न चाहन्छौ। तपाइलाई मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन हामि हार्दिक अनुरोध गर्दछौ ।

menubar

वीरेन्द्र बहुमुखी क्याम्पसमा त्रि वि कर्मचारी संघ वर्तमान एकाई कार्यसमिति

Monday, November 5, 2018

कर्मचारीको स्वागत एवम् बिदाई समारोह सम्पन्न

सोमबार, १९ कार्तिक २०७५, १५ : ३१ कर्मचारीको स्वागत एवम् बिदाई सम्पन्न  
चितवन । वीरेन्द्र बहुमुखी क्याम्पसमा आफ्नो ऊर्जाशील समय खर्चिएर सेवाबाट अबकाश भएका कर्मचारीहरुको बिदाई समारोह सोमबार भव्य समारोहका बीच सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसमा रामपुर कृषि तथा वन विज्ञान अध्ययन संस्थानबाट सरुवा भई आउनुभएका मुख्य कार्यालय सहायक विष्णुप्रसाद कँडेललाई कर्मचारी संघ, एकाइ समितिले दोसल्ला ओढाएर स्वागत गरेको थियो । त्यसैगरी विगत लामो समय क्याम्पसमा कार्यरत शाखा अधिकृतद्वय विजयराज पण्डित र ज्ञानीराजा बज्राचार्य तथा कार्यालय सहयोगी कृष्णबहादुर सार्कीलाई कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पस प्रमुख गोविन्द सापकोटाले सम्मान–पत्रले सम्मानित गर्नुका साथै कर्मचारी संघका सभापति महेन्द्रप्रसाद अधिकारी, सह–पुस्तकालयाध्यक्ष रुद्रबहादुर बोहरालगायतले मायाको चिनो प्रदान गर्दै दोसल्ला ओढाएर बिदाई गर्नुभएको थियो ।  
स्वागत एवम् बिदाई समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै क्याम्पस प्रमुख गोविन्द सापकोटाले आफू सधैं क्याम्पस र कर्मचारीहरुको हकहितका लागि अहोरात्र खटिएको बताउनुभयो । उहाँले क्याम्पसमा विद्यमान स्रोत र साधनको अधिकतम् प्रयोग गरी समग्र क्याम्पसको विकासमा लगाउनुपर्नेमा जोड दिनुभयो । प्रमुख अतिथि सापकोटाले बिदाई भएर जान लाग्नुभएका कर्मचारीहरुको बाँकी जीवन सामाजिक क्षेत्रमा व्यतित होस् भन्ने कामना गर्दै स्वस्थ जीवनको समेत कामना गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि सह–पुस्तकालयाध्यक्ष रुद्रबहादुर बोहराले क्याम्पसको शैक्षिक सुधारका लागि शाखा प्रमुखहरुसँग समन्वय गर्न क्याम्पस प्रशासनसँग आग्रह गर्दै क्याम्पसका सबै अड्डहरुलाई समेटेर लैजानुपर्नेमा जोड दिनुभयो ।


उहाँले बिदाई भएर जान लाग्नुभएका कर्मचारीहरुको विगतका बारेमा संक्षित रुपमा उल्लेख गर्नुहुँदै बाँकी जीवन सामाजिक उत्तरदायित्व बहन गरी समाज सेवामा लगाउनुपर्नेमा जोड दिनुभयो । विशिष्ट अतिथि बोहराले हालै क्याम्पसले गठन गरेको ‘समस्या समाधान गर्न गठित उच्च स्तरीय आयोग’ले पेश गरेको प्रतिवेदनको कार्यान्वयनमा तदारुकता देखाउन क्याम्पस प्रशासनसँग आग्रह समेत गर्नुभएको थियो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख थानेश्वर सापकोटा, प्रजातन्त्रवादी कर्मचारी संघका इकाई सभापति खिलबहादुर अधिकारी, प्रगतिशील कर्मचारी संगठनको इकाई अध्यक्ष लिलानाथ चौलागाई, राष्ट्रिय कर्मचारी संगठनका इकाई अध्यक्ष सन्तप्रसाद ढुड्डाना, प्रजातन्त्रवादी कर्मचारी संगठनका केन्द्रीय सदस्य सरोजराज लामिछाने, राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य सन्तोषकुमार सिंह, कर्मचारी संघका पूर्व सभापति राजेन्द्रप्रसाद पोखरेल, शाखा अधिकृत सुबोधमान श्रेष्ठलगायत बोल्नुभएको थियो । सोही कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सहायक क्याम्पसहरु कन्हैयालाल गुप्ता, रमेशकुमार श्रेष्ठ, थानेश्वर सापकोटा, कृष्णप्रसाद कँडेललगायतको उपस्थिति रहेको थियो । कर्मचारी संघ एकाई समितिका कोषाध्यक्ष मिरा तिवारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम संघका सभापति महेन्द्रप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा संघका सदस्यहरु, क्याम्पसमा कार्यरत कर्मचारीहरु, बिदाई भएर जान लाग्नुभएका कर्मचारीका परिवारका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment